March 28th, 2017

लक्ष्मी बैंकको झन्डै १२ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

लक्ष्मी बैंक लिमिटेडले मंगलबार झन्डै १२ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण गराएको छ । बैंकले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई खरिद गरेपछिको ११ लाख ९८ हजार ११ कित्ता सेयर नेप्सेमा सूचिकरण गराएको हो । सूचिकृत सेयरको कारोबार आगामी सातादेखि हुनेछ ।

लक्ष्मीले प्रोफेशनल दियालोलाई खरिद गरेर गत माघ २ गतेदेखि एकीकृत कारोबार थालेको थियो । लक्ष्मीले प्रोफेशनल दियालोलाई १००ः५० को स्वाप रेसियोमा खरिद गरेको हो ।   
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]