March 23rd, 2017

वेष्टर्न डेभलपमेन्ट बैंकको सवा दुई लाख कित्ता सेयर लिलामीमा आउने

वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले चैत्र १३ गतेदेखि २१ गतेसम्मका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

वेष्टर्नले गत मङ्सिर २२ गतेदेखि माघ १० गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको संस्थापक समूहतर्फ एक लाख ६३ हजार पाँच सय एक कित्ता र सर्वसाधारण समूहतर्फ ६२ हजार एक सय ३४ कित्ता सेयरको लागि बैंकले बोलपत्र आह्पान गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]