March 22nd, 2017

गरिमा विकास बैंकले धितोपत्र बोर्डसँग माग्यो हकप्रद निष्काशनको अनुमति

गरिमा विकास बैंक लिमिटेडले १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले मंगलबार (चैत्र ८ गते) धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

गरिमाले एक सय रुपैयाँ अंकित मूल्यमा ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार दुई सय ९६ दशमलव ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गरेर एक अर्ब २९ करोड रुपैयाँ चुक्तापसुँजी पुर्याएको छ । सो पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्दा गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा गरिमाले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]