March 20th, 2017

सगरमाथा फाइनान्सको पाँच लाख ६६ हजार कित्ता सेयर लिलामीमा आयो

सगरमाथा फाइनान्स लिमिटेडले पाँच लाख ६६ हजार दुई सय ७८ दशमलव ८३ कित्ता हकप्रद सेयर सोमबार (चैत्र ७ गते) देखि लिलामीमा निकालेको छ । हकप्रद सेयर निष्काशनका क्रममा नबिकेकको सगरमाथा फाइनान्स लिमिटेडको संस्थापकतर्फको सात लाख २० हजार तीन सय १८ दशमलव ८३ कित्ता सेयरका लागि फागुन २६ गतेदेखि चैत २ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरिएको थियो । जसमा एक लाख ५४ हजार ४० कित्ता सेयरका लागि मात्रै आवेदन परेपछि पुनः बाँकी रहेको सेयरलाई लिलामीमा निकालेको फाइनान्सले जनाएको छ । हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फको सेयरका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको हो ।  

सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हँुदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १५ गते रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]