March 20th, 2017

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओमा ३८ अर्बको आवेदन

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओमा ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँको आवेदन परेको छ । आस्वा र संकलन केन्द्रबाट गरी कुल दुई लाख २३ हजार ३०८ जनाले सेयर भरेका हुन् । 

बैंकको एफपीओमा आस्वाबाट ८४ हजार ९१६ जनाले २४ अर्ब ५२ करोड आठ लाख ११ हजार ६८० रुपैयाँको सेयर आवेदन दिएका छन् भने परम्परागत तरिकाले संकलन केन्द्रबाट एक लाख ३८ हजार ३९२ जनाले जम्मा १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार ८६० रुपैयाँ बराबरको एफपीओ भरेको बताइएको छ । 

एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ पुग्नेछ । यसैगरी, चार्टर्डको संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]