March 19th, 2017

दोहोरो अंकले नेप्से बढ्दा पौने ६९ करोडको कारोबार, जम्मा २० कम्पनीले गुमाए

सेयर बजारले यो साता सुखद सुरुवात गरेको छ । साताको पहिलो दिन नेप्से परिसूचक २४.८५ अंकले बढेर १३८२.१९ अंकमा पुग्दा ६८ करोड ७७ लाख ९४ हजार एक सय दुई रुपैयाँको कारोबार भएको छ । १३६ वटा कम्पनीको कारोबार भएको बजारमा सबै उपसूचकहरु हरियो भएका छन् । सबैभन्दा धेरै बीमा समूह ३६७.४९ अंकले बढेको छ । बैंकिङ, होटल, विकासक बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १२.९, ६०.०५, १७.१८, ५५.५९, ६.७६, २.५६ र ९.२५ अंकले बढेका छन् । 

१४ लाख ४८ हजार दुई सय चार कित्ता सेयर पाँच हजार एक सय १५ पटक खरिदविक्री भएको सेयर बजारमा एनसीसी बैंकको सबैभन्दा धेरै छ करोड १२ लाख ९५ हजार सात सय ६८ रुपैयाँको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकको क्रमशः चार करोड ३५ लाख र तीन करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, लुम्बिनी जेनेरल इन्स्योरेन्स, लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने ग्लोबल आईएमई बैंकको एक करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले आइतबार ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा प्रभु इन्स्योरेन्स र गुहेश्वरी फाइनान्सका सेयरधनीले क्रमशः ९.९६ र ८.६७ प्रतिशतका दरले कमाएका छन् । सहारा विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र हिमालयन जेनेरल इन्स्योरेन्सका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् भने सगरमाथा इन्स्योरेन्सका सेयरधनीले ६.३५ प्रतिशतका दरले कमाएका छन् । 

जम्मा २० कम्पनीका सेयरधनीले अधिकतम ४.३८ प्रतिशतदेखि न्युनतम ०.२५८४ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति घटाएका छन् । राप्तीभेरी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका सेयरधनीले सबैभन्दा कम कमाएका हुन् । यसबाहेक, सिन्धु विकास बैंक, खानीखोला हाइड्रो, मिर्मिरे माइक्रोफाइनान्स, साझा विकास बैंक, ङादी ग्रुप पावर, सेती फाइनान्स, पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, विजय लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]