March 19th, 2017

भार्गव विकास बैंकको हकप्रद सेयर चैत्र २८ गतेसम्म भर्न पाइने

भार्गव विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । फागुन २४ गतेदेखि  निष्काशन खुला गरेको बैंकको हकप्रदमा चैत्र २८ गतेसम्म आवेदन पदन पाइनेछ । फागुन ११ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन पाउने बताइएको छ । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर खरीदका लागि कम्पनीको सेयर र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, भार्गव विकास बैङ्क सुर्खेतरोड, नेपालगञ्ज तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट र एनएमबि बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]