February 23rd, 2017

नेपाल ग्रामीण विकास बैंकका सदस्यहरुद्धारा अवलोकन भ्रमण

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गतका विभिन्न ईलाका/शाखा कार्यालयहरुमा आवद्ध केन्द्र प्रमुख/उप–प्रमुख तथा सदस्यहरुको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना समूह सदस्यहरुसंगको सम्बन्धलाई दिगो, विश्वासिलो बनाई उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बैंकले फागुन ९ गतेदेखि १२ गतेसम्म अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । अवलोकन भ्रमणमा क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गतका विभिन्न ३६ जना केन्द्र प्रमुख/उप–प्रमुख र सदस्यहरुकोे सहभागिता रहेको थियो ।   

अवलोकन भ्रमणमा सहभागि सदस्यहरुले बैंकको प्रधान कार्यालय बुटवल र क्षेत्रीय कार्यालय बुटवल अन्तर्गत ईलाका कार्यालय शंकरनगर तथा ईलाका कार्यालय पाल्पा अन्तर्गत सञ्चालित विभिन्न केन्द्र बैठक तथा समुह सदस्यहरुले संचालन गरेका विभिन्न परियोजनाहरुको अवलोकन गर्नुका साथै विश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्म स्थान लुम्बिनी र प्रमुख पर्यटकिय स्थल पाल्पा श्रीनगरको समेत अवलोकन गरेका थिए ।  

यसै गरी बैंकले मिति २०७३ माघ १० गते देखि २०७३ माघ १३ गतेसम्म  क्षेत्रीय कार्यालय बुटवल अन्तर्गतका बिभिन्न ईलाका÷शाखा कार्यालयमा आवद्ध ३६ जना केन्द्र प्रमुख÷उप–प्रमुख तथा सदस्यहरुलाई क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गत सञ्चालित विभिन्न ईलाका÷शाखा कार्यालय र यस क्षेत्रका प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर समेतको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । लघुवित्त कार्यक्रमको अवलोकन भ्रमणबाट सदस्यहरुमा उत्प्रेरणा र सकारात्मक प्रभाव पर्ने हुँदा आगामी दिनमा बैंकले अन्य क्षेत्रीय कार्यालयहरुमा समेत सदस्यहरुका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने योजना बनाएको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]