February 23rd, 2017

बुटवल पावर कम्पनीको लाभांश वितरण सुरु

बुटवल पावर कम्पनी लिमिटेडले २० प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले विहीबारदेखि नगद लाभांशको चेक दिन थालेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकको कार्यालय नागपोखरी काठमाडौंबाट नगद लाभांश लिन सकिनेछ । लाभांश प्रत्येक दिन आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वितरण हुनेछ । यसैगरी, शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र दिइने बताइएको छ । 

कसरी लिने लाभांश ?
चेक लिन जाँदा लगानीकर्ताले नागरिकताको फोटोकपी वा आफ्नो परिचयपत्र खुल्ने अन्य आधिकारिक पत्र पेस गर्नुपर्नेछ । स्वयं उपस्थित् हुन नसक्नेले मन्जुरीनामा दिएर पठाउन पनि सक्नेछन् । तर त्यसरी मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिले पनि आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ । सेयर धितोमा राखेका व्यक्तिले चाहिँ धितोमा राखेको कम्पनीबाट नगद लाभांश फुकुवापत्र लिएर जानुपर्नेछ । 

बोनस सेयर डिम्याट खातामा
कम्पनीले घोषणा गरेको सात प्रतिशत बोनस सेयर भने बुक क्लोज हुनुभन्दा अघि नै डिम्याट खातामा पठाइने बताइएको छ । डिम्याट खाता भएकाहरुको खातामा पठाइने र अहिलेसम्म सेयर डिम्याट नगर्नेको हकमा डिम्याट गरेपछि मात्र खातामा जाने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]