April 4th, 2016

सोमबार ४६ करोडको शेयर कारोबार, कमाउनेमा जानकी फाइनान्स अगाडी

economicगत सातादेखि नै घट्ने क्रममा रहेको शेयर बजार सोमबार उकालो लागेको छ । नेप्से परिसूचक १०.९९ अंकले बढेर १३६२.५३ अंकमा पुगेको छ । परिसूचक बढेपछि कारोबार रक मभने आइतबारको तुलनामा घटेको छ । आइतबार ५२ करोडको कारोबार भएको बजार सोमबार ४६ करोडको कारोबारमा सिमीत भएको छ । दिनभरिमा १ सय २७ वटा कम्पनिका ७ लाख ४५ हजार ६ सय ११ कित्ता शेयर २ हजार ६ सय ४९ पटक किनबेच हुँदा ४६ करोड ४४ लाख १२ हजार ७ सय ९० रुपैँया बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनिहरुको अग्रस्थानमा सिटिजन बैँक रहेको छ, जसको ६ करोड २९ लाख १७ हजार ७ सय १२ रुपैँया बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, २ करोडमाथिको शेयर कारोबार गर्ने तीन कम्पनिहरुमा नेपाल बैँक, नेपाल बंगलादेश बैँक र स्टान्डर्ड चार्टर्ड बैँक रहेका छन् । ग्लोबल आइएमई बैँक, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, नविल बैँक, फस्र्ट माइक्राइनान्स डेभलपमेन्ट बैँक, शिखर इन्स्योरेन्स लगायतको १ करोडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यता, धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा भने साना कम्पनिहरुको बाहुल्यता रहेको छ । सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले ९.७६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने माउण्ट मकालु डेभलपमेन्ट बैँकका लगानीकर्ताले ८.०२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एक्सेल डेभलपमेन्ट बैँक, लक्ष्मी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, काष्ठमण्डप डेभलपमेन्ट बैँक लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ८.०४६ प्रतिशतले घटेको छ । गुह्वेश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार सम्हालेको सिटिजन बैँकको शेयर मूल्य १.५५ प्रतिशतले बढेको छ । 

सोमबार जलविद्युत् समूह बाहेक सबै समूहका शेयर उकालो लागेका छन् । सबैभन्दा धेरै वीमा समूहको शेयर ९२.१७ अंकले बढेको छ । त्यस्तै, विकास बैँक, अन्य, वाणिज्य बैँक, फाइनान्स, होटल र उत्पादनमूलक समूह क्रमशः १७.९७, ११.७४, ८.६३, २.२१, १.१ र १.०४ अंकले बढेका छन् । जलविद्युत् समूह १९.६१ अंकले घटेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]