February 16th, 2017

युनाइटेड मोदीको साधारण सेयर फागुन १९ गतेदेखि

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर फागुन १९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।  

युनाइटेड मोदी पर्वत जिल्लाामा निमार्णाधीन परियोजना हो । कम्पनीले तल्लो मोदी खोलामा १० मेगावाट आयोजना निर्माण गरिसकेको छ भने तल्लो मोदी खोलामा १० मेगावाटको आयोजना निर्माण गर्न लागेको छ । कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]