February 15th, 2017

फागुन २५ गतेको साधारणसभाबाट ५० प्रतिशत हकप्रद पारित गर्दै माउन्ट मकालु, बुक क्लोज कहिले ?

माउण्ट मकालु डेभलपमेण्ट बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद पारित गर्न लागि बैंकले आगामी फागुन २५ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा र हकप्रद प्रयोजनका लागि बैंकले फागुन १२ गतेदेखि २५ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, फागुन २४ गतेसम्म कायम सेयरधनीले मात्रै साधारणसभा र हकप्रदमा भाग लिन पाउनेछन् । 

हकप्रदबाहेक बैंकले बोनस सेयर वितरणको प्रस्ताव पनि साधारणसभामा लैजाँदैछ । बैंकले ६.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनसपछिको चुक्तापुाजीको ५० प्रतिशत हकप्रद जारी गर्ने दुबै प्रस्ताव साधारणसभाबाट पारित गराउनेछ । हाल माउण्ट मकाल्ुको चुक्तापुँजी छ करोड ५० हजार रुपैयाँ रहेको छ । यो चुक्तापुँजीको ६.४५ ले हुन आउने ४१ लाख ६० हजार रुपैयाँ बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी छ करोड ९१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । त्यसपछि जारी हुने ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]