February 13th, 2017

दुई विकास बैंकमा रोजगारीको अवसर

दुई वटा विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेका छन् । तिनाउ डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले छोटो समयमा नै पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेका हुन् । 

तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा शाखा प्रबन्धक र एसिस्टेन्ट तहमा कर्मचारी माग गरेको छ । बुटवलमा प्रधान कार्यलय रहेको तिनाउले रुपन्देही जिल्लामा रहेका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई २२ फेब्रुअरी अर्थात फागुन ११ गतेभित्रमा एप्लाई गर्न आह्वान गरिएको छ ।

 

एक्सेल डेभलपमेण्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिज्ञापन सार्वजनिक गर्दै नायव महाप्रन्धक र सहायक महाप्रवन्धक माग गरेका हो । इच्छुक योग्यता पुगेका उमेद्वारले बैंकको कार्यालयमा पुगी आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]