February 10th, 2017

कैलाश विकास बैंकको २० प्रतिशत हकप्रद सेयर फागुन ६ गतेदेखि

कैलाश विकास बैंक लिमिटेडले आगामी फागुन ६ गतेदेखि २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार छ सय ७२ कित्ता सेयरको बिक्री खुला गरेको हो । बैंकको हकप्रद सेयरमा पुस १३ गतेसम्म कायम लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिएर बनेको कैलाश विकास बैंककोे चुक्ता पुँजी हाल एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद वितरणपश्चात बैंकको चुक्तापूँजी एक अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]