January 26th, 2017

माइक्रोफाइनान्सबाट सुरु गर्नुहोस् बैंकिङ करिअर : तीन माइक्रोफाइनान्समा रोजगारीको अवसर

तीन वटा माइक्रोफाइनान्स कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । स्वदेशी लघुवित्त, साना किसान विकास बैंक र गणपति माइक्रोफाइनान्सले विभिन्न पदका लागि दरखास्त आह्वान गरेका हुन् । 

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले एक जना डेपुटी जेनेरल मेनेजर/डेपुटी सीईओ र एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो । सुनसरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले माघको १४ गतभित्र आवेदन दिइसक्न आह्वान गरेको छ । 

थप जानकारी चाहिएमा तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://bankingkhabar.com/?p=16731

साना किसान विकास बैंक लिमिटेड

साना किसान विकास बैंकले ११ जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि सात जना सहायक र चार जना अधिकृत माग गरेको हो । आवेदन दिने म्याद माघ २५ गतेसम्म रहेको छ ।

थप जानकारी चाहिएमा तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://bankingkhabar.com/?p=16414

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । 

थप जानकारी चाहिएमा तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://bankingkhabar.com/?p=16871


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]