March 30th, 2016

बुधबारको नेप्से : वीमा समूहले ओराल्यो बजार, ६९ करोडको कारोबार

Economicबुधबार नेप्से ओरालो लागेपनि मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ । मंगलबार ५८ करोडको कारोबार भएको शेयर बजारमा बुधबार ६९ करोड भन्दा बढीको कारोबार भएको छ । दिनभरिमा १ सय २३ वटा कम्पनिको ९ लाख ५८ हजार ७ सय १३ कित्ता शेयर २ हजार ८ सय ८६ पटक भएको खरिदविक्रिबाट ६९ करोड ७९ लाख ६४ हजार २ सय ६ रुपैँया बराबरको कारोबार भएको हो । परिसूचक भने साताको दोस्रो दिनदेखि नै घट्दो क्रममा रहेको छ । बुधबार नेप्से ७.०६ अंकले घटेर १३६२.९८ अंकमा सिमित भएको छ ।

सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको भएको छ । कम्पनिको ९ करोड २० लाख ६३ हजार ५ सय ९ रुपैँयाको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । धेरै कारोबार गर्ने कम्पनिहरुको सूचीको दोस्रो स्थानमा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक रहेको छ । जसको ५ करोड भन्दा माथिको शेयर कारोबार भएको छ । नेपाल बैँक र नागरिक लगानी कोषको ४ करोडमाथिको शेयर कारोबार भएको छ । डिप्रोस्क डेभलपमेन्ट बैँक र एभरेष्ट बैँकको ३ करोडमाथिको कारोबार भएको छ भने एसियन लाइफ इन्स्योरेन्सको प्रोमोटर शेयर, युनाइटेड इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैँक र सिटिजन बैँकको २ करोडमाथिको कारोबार भएको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, गुह्येश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स र डिप्रोस्क डेभलपमेन्ट बैँकका लगानीकर्ताले क्रमशः ९.७९ र ९.१३ का दरले कमाएका छन् । अपि पावर कम्पनि, सगरमाथा फाइनान्स, इनोभेटिभ डेभलपमेन्ट बैँक, आईसीएफसी फाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको सूचीको अग्रस्थानमा नयाँ नेपाल लघुवित्त रहेको छ जसको शेयर मूल्य ९.७११५ प्रतिशतले घटेको छ । त्यस्तै, महाकाली विकास बैँक, तिनउ डेभलपमेन्ट बैँक, स्वरोजगार लघुवित्त, सिनर्जी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैँक लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ३.४६२५ प्रतिशतका दरले गुमाएका छन् । 

बुधबारको शेयर बजार वीमा समूहले ओरालेको छ । वीमा समूहको शेयर सबैभन्दा धेरै ११७.१४ अंकले घटेको छ । वाणिज्य बैँक र विकास बैँक क्रमशः ८ र २.४६ अंकले घटेका छन् । होटल, जलविद्युत् र फाइनान्स समूह भने बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह १८.६६ अंकले बढेको छ । त्यस्तै, होटल र फाइनान्स क्रमशः १२.६६ र ७.२२ अंकले बढेका छन् । अन्य समूह भने बुधबार कारोबारविहिन रह्यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]