March 29th, 2016

ओर्लियो शेयर बजार : ५८ करोडको कारोबार, १३७० अंकमा परिसूचक

economic 2मंगलबार पनि शेयर बजार ओरालो लागेको छ । साताको आइतबार अत्याधिक बढेको शेयर बजार सोमबारदेखि ओर्लिने क्रममा छ । मंगलबार बजारमा ५८ करोडको कारोबार भएको छ । दिनभरिमा १ सय २४ वटा कम्पनिको १७ लाख २६ हजार ५ सय ३७ कित्ता शेयर ३ हजार १४ पटक खरिदविक्रि हुँदा ५८ करोड ७१ लाख १४ हजार ७ सय ११ रुपैँयाको कारोबार भएको हो । त्यस्तै, शेयर सूचक ४.७१ अंकले घटेर १३७०.०४ अंकमा पुगी बन्द भएको छ ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनिहरुको सूचीको अग्रस्थानमा नेपाल बैँक रहेको छ जसको ३ करोड ८८ लाख ६० हजार ३ सय २६ रुपैँयाको शेयर कारोबार भएको छ । सानिमा बैँक र एभरेष्ट बैँकको कारोबारले पनि ३ करोड नाघेको छ । एनएमबी बैँक, सिटिजन्स बैँक, नविल बैँक, चिलिमे हाइड्रोपावर र नेपाल बंगलादेश बैँकको २ करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैँक र नेशनल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले मंगलबार सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनिको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, पश्चिमाञ्चल फाइनान्सको शेयर मूल्य ९.७३ प्रतिशतका दरले बढेको छ । तिनउ डेभलपमेन्ट बैँक, विजय लघुवित्त वित्तिय संस्था, क्लिन भिलेज माइक्रोफाइनान्स लगायतका लगानीर्ताले पनि कमाएका छन् । गुमाउनेमा मिसन डेभलपमेन्ट बैँक, प्रुडेन्सियल इन्स्योरेन्स, सिनर्जी फाइनान्स, सगरमाथा फाइनान्स, हामा मर्चेन्ट एण्ड फाइनान्स, युनियन फाइनान्स लगायत छन् । 

विकास बैँक र फाइनान्स समूहबाहे सबै समुहहरु ओरालो लागेका छन् । विकास बैँक र फाइनान्स क्रमशः ४.६६ र ५.०४ अंकले बढेका छन् । सबैभन्दा धेरै वीमा समूहको शेयर २४.०९ अंकले घटेको छ । होटल, वाणिज्य बैँक र जलविद्युत् समूह क्रमशः ९.१५, ८.२३ र ५.५ अंकले घटेका छन् । अन्य समूह मंगलबार कारोबारविहिन रह्यो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]