January 19th, 2017

मञ्जुश्री फाइनान्सको १७५ प्रतिशत हकप्रद खुल्यो, हेर्नुस् आवेदन दिने ठाउँहरु

मञ्जुश्री फाइनान्स लिमिटेडले १७५ प्रतिशत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर विहीबार(माघ ६ गते) देखि निष्काशन गरेको हो । 

मञ्जुश्रीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरू, मन्जुश्री फाइनान्सको सबै शाखा कार्यालय, त्रिवेणी विकास बैंकको पाल्पा, बेशीसहर, पनौती, इटहरी र भकुण्डेबेसी शाखाबाट आवेदन गर्न सक्ने छन् । त्यस्तै गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा तथा महाकाली विकास बैंकको महेन्द्रनगर शाखा मार्फत समेत हकप्रदमा आवेदन गर्न सकिने बताइएको छ । 

कम्पनीको हकप्रदमा पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन फागुन ११ गते बन्द हुनेछ ।

हाल मञ्जुश्रीको चुक्तापुँजी २५ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ६८ करोड ९२ लाख ८७ लाख ५ सय रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]