January 14th, 2017

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ १२९० रुपैयाँमा

स्टान्डर्ड चार्टर्ड बैंकको थप नयाँ सेयर(एफपिओ) १२९० रुपैयाँमा निष्काशन हुने भएको छ । बैंकको सञ्चालक समितिले प्रतिकित्ता नयाँ सेयर एक सय रुपैंयाको फ्रेस भ्याल्लु तथा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयामा निष्काशन गर्ने निर्णय गरेको हो । 

बैंकले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ जारी गर्न लागेको हो । बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ सेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो । अब बैंक नयाँ सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड जानेछ ।

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पुर्याएको छ । नयाँ सेयर निष्काशन पश्चात बैंकका चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा स्टान्डर्ड चार्टर्डले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]