January 11th, 2017

मेगा बैंकले माग्यो १२३ जना कर्मचारी, दिनुस् अनलाइनबाटै आवेदन

मेगा बैंक नेपालले १२३ जना कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापकीय तहमा ६ जना, अधिकृत तहमा ४० जना र सहायक तहमा ७७ जना कर्मचारी माग गरेको हो । बैंकले केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र विद्यामान तथा विस्तार हुने क्रममा रहेका शाखा कार्यालयहरुका लागि सो संख्यामा दरखास्त आह्वान गरेको हो । व्यवस्थापनका लागि ४५ वर्ष, अधिकृतका लागि ३५ वर्ष र सहायकका लागि ३० वर्ष उमेर ननाघेको उम्मेदवार बैंकले मागेको छ । एप्लाई गर्ने म्याद माघ १२ गतेसम्म रहेको छ । 

थप जानकारी लिन र अनलाइन एप्लाई गर्नका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.megabanknepal.com/jobs/detail/4/mega-career-opportunities-11th-january-2017  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]