January 9th, 2017

रिलायबल क्यापिटलले पायो मर्चेन्ट बैंकरको रुपमा काम गर्ने अनुमति

रिलायबल क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटलले तत्कालका लागि सेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको हो । चुक्ता पुँजी १०.५ करोड र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौँको सुन्धारामा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]