January 9th, 2017

बैंक अफ काठमाण्डू लुम्बिनीले झन्डै ६३ लाख कित्ता सेयर एफपिओ गर्ने

बैंक अफ काठमाण्डू लुम्बिनीले ६२ लाख आठ हजार एक सय ३२ कित्ता थप नयाँ सेयर निष्काशन गरेको भएको छ । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामीत्व अनुपात ५१ः४९ कायम सो अनुपातमा संस्थापक सेयर थप गर्न लागेको हो । हाल यो बैंकमा संस्थापकहरुको हिस्सा ४६ प्रतिशत छ । संस्थापक सेयर कम्तिमा ५१ प्रतिशत हुनुपर्ने नियामक नेपाल राष्ट्र बैंकको प्रावधान छ । 

यसबाहेक बैंकले २३ प्रतिशत बोनस सेयर समेत जारी गर्दैछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि बैंकको पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । आगामी असार मसान्तसम्ममा बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ । एफपिओ जारी गरेर पनि नपुगेको पुँजी चालू आर्थिक वर्षको कमाईबाट बोनस जारी गरेर पुर्याउने योजना बैंक अफ काठमण्डू लुम्बिनीको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]