December 28th, 2016

जनता बैंकले माग्यो कर्मचारी : यसरी दिनुस् आवेदन

जनता बैंक नेपालले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजर/सिनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेका कर्मचारी माग गरेको हो । 

बैंकले चौतारा र अछाम जिल्लाका लागि सुपरभाइजर/सिनियर एसिस्टेन्ट माग गरेको छ भने वीरगञ्ज, हेटौँडा, विराटनगर, इटहरी, ताप्लेजुङ, धुन्चे, टिमुरे र दार्चुला शाखाका लागि जुनियर एसिस्टेन्ट माग गरेको छ । 

सुपरभाइजरका लागि बैंकले बैंक तथा वित्तीय संस्थामा एक वर्ष काम गरेको अनुभव मागेको छ भने उमेर ३० वर्ष ननाघेको हुनुपर्ने बताएको छ । सिनियर एसिस्टेन्टका लागि पनि ३० वर्षभन्दा कम उमेरको उम्मेदवार माग गरिएको छ । जुनियर एसिस्टेन्टका लागि भने २८ वर्ष उमेर ननाघेको हुनुपर्ने बताइएको छ । साथमा सबै पदका लागि अंग्रेजी तथा नेपाली भाषा र कम्प्युटर जानेको र नेपाली टाइपिङ राम्रो भएको हुनुपर्नेछ ।   

अनुभव भएका र स्थानीय उम्मेदवारलाई प्राथमिकता दिइने समेत बैंकले उल्लेख गरेको छ । जुनियर एसिस्टेन्टलाई छ महिना तालिम अवधिमा राखिने पनि बैंकले स्पष्ट पारेको छ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २ जनवरी अर्थात पुस १८ गतेभित्र अनलाइन आवेदन फारम भर्नुपर्नेछ । अनलाइन आवेदन भर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् । आफूले आवेदन दिन चाहेको पदमा क्लिक गर्नुहोस् । त्यसपछि 'एप्लाई नाउ' बटनमा क्लिक गर्नुहोस् र फारम भरी 'सबमिट' गर्नुहोस् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]