December 24th, 2016

मञ्जुश्री फाइनान्सले माग्यो फ्रेस कर्मचारी

काठमाडौँको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री फाइनान्सिल इन्सिच्युसन लिमिटेडले पाँच देखि १० जना एसिस्टेन्ट र केही संख्यामा आईटी सिनियर एसिस्टेन्ट माग गरेको छ ।

एसिस्टेन्टका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अंग्रेजी र नेपाली भाषमा पोख्त र अफिस एप्लिकेसनहरुका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ ।

आईटी सिनियर एसिस्टेन्टका लागि कम्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक वा सोसरह कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्नेछ । बैंक तथा वित्रीय संस्थामा आईटी सम्बन्धी काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले उल्लेख गरेको छ ।

दुबै पदका लागि कम्पनीले ३५ वर्ष ननाघेका उम्मेदवारको दरखास्त आह्वान गरेको छ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ डिसेम्बर अर्थात पुस १३ गतेभित्रमा कम्पनीको इमेल ठेगाना [email protected] मार्फत आवेदन दिनुपर्नेछ ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]