December 19th, 2016

लुम्बिनी फाइनान्समा खुल्यो जागीर

lumbini-financeलुम्बिनी फाइनान्स लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले अफिसर अथवा व्यवस्थाकिय तहमा रहेर काम गर्न केही संख्यामा ब्रान्च इन्चार्ज माग गरेको हो । यसका लागि ३५ वर्ष उमेर ननाघेको, व्यवस्थापन अर्थात अर्थशास्त्रमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण गरेको, वित्तीय संस्थामा कम्तीमा चार वर्ष (कम्तीमा दुई वर्ष अफिसर अर्थात ब्रान्च इन्चार्जको रुपमा) काम गरेको, वित्त कम्पनीको समग्र क्रेडिट तथा सञ्चालनसम्बन्धि जानकारी भएको, प्रभावकारी रुपमा शाखा कार्यालयको नेतृत्व गर्न सक्ने, नयाँ निक्षेपकर्ता तथा ऋणीसँग आकर्षक ढंकले प्रस्तुत हुन सक्ने तथा शाखाका कार्यरत कर्मचारीहरुलाई निर्देशित गर्दै अघि बढ्न सक्ने हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई २५ डिसेम्बर अर्थात पुस १० गतेभित्रमा वायोडाटा र निवेदन कम्पनीको इमेल ठेगाना [email protected] मा पठाउन आह्वान गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]