December 15th, 2016

सनराइज बैंकले माग्यो विभिन्न तहका कर्मचारी

sunrise bankसनराइज बैंक लिमिटेडले केही संख्यामा जुनियर एसिस्टेन्ट, अपरेसन इन्चार्ज/रिलेसनसिप मेनेजर र शाखा व्यवस्थापक माग गरेको छ । 

बैंकले सीतापाइला, कालिकास्थान, सानेपा, बुधबारे, हेटौँडा, दमक र सुर्खेत शाखाका लागि जुनियर एसिस्टेन्ट माग गरेको छ । यसका लागि प्लस दुई उतीर्ण गरेको, अंग्रजी र नेपाली भाषामा पोख्त तथा उमेर २८ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, धरान, बानियाटार, धनगढी, दुहाबी, ज्याठा, लाहान, राजविराज, सीतापाइला, कालिकास्थान, सानेपा र बुधबारे शाखाका लागि अपरेसन इन्चार्ज/रिलेसनसिप मेनेजर पदमा दरखास्त आह्वान गरेको छ । यसका लागि कम्तीमा दुई वर्ष वाणिज्य बैंकको शाखा व्यवस्थापकको रुपमा काम गरेको, हाल सिनियर एसिस्टेन्ट वा सोभन्दा माथिको तहमा रहेर काम गर्दै गरेको हुनुपर्नेछ । साथमा स्नातकोत्तर उतीर्ण, बैंकको नियम, शाखा व्यवस्थापन लगायतका विषयमा जानकारी भएको र अंग्रेजी तथा नेपाली भाषामा पोख्त हुनुपर्नेछ । 

बैंकले दमौली, सीतापाइला, कालिकास्थान, सानेपा र बुधबारे शाखाका लागि शाखा व्यवस्थापक माग गरेको छ । यसका लागि स्नातकोत्तर उतीर्ण गरी वाणिज्य बैंकको शाखा व्यवस्थापनमा तहमा रहेर तीन वर्ष काम गरेको र हाल कम्तीमा सुपरभाइजर लेभलमा रहेर काम गर्दै गरेको हुनुपर्नेछ । साथमा बैंकको शाखा सञ्चालन, क्रेडिट रसेल्ससम्बन्धि जानकारी भएको, बाह्य तथा आन्तरिक रिपोर्टिङका नियमहरुका बारेमा जानकार र अंग्रेजी तथा नेपाली भाषामा पोख्त हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २३ डिसेम्बर अर्थात पुस ८ गतेभित्रमा बैंकमा सम्पर्क गरिसक्न आह्वान गरिएकोा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]