December 6th, 2016

एनएलजी इन्स्योरेन्सका सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १९४ औँ बैठकले उक्त प्रस्ताव अघि सारेको छ । कर प्रयोजनका लागि कम्पनीले १.३१५ प्रतिशत नगद लाभांश पनि दिनेछ । सञ्चालक समितिको उक्त प्रस्ताव नियामक बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

nlg

 

 

 

 

 

 

 

 

 

 

 

हाल कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]