November 12th, 2016

गुहेश्वरी मर्चेन्ट बैंकिङले कमायो एक करोड ४२ लाख नाफा

guheshwariगुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा गुहेश्वरीले १ करोड ६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२९ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको गुहेश्वरीले जगेडाकोषमा १४ करोड ४६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४५ दशमलव ०१ प्रतिशतले वृद्धि गरी २ अर्ब १६ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४५ दशमलव ६८ प्रतिशतले वृद्धि गरी १ अर्ब ७८ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी ६१ दशमलव ०४ प्रतिशतले बढेर २ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ५५ प्रतिशतले वृद्धि गरी २ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रोभिजनमा १४ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको निष्कृय कर्जा शुन्य दशमलव ५२ प्रतिशत र जोखिम युत्त सम्पत्ति २० दशमलव ६७ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १९ दशमलव ३४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ०१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४९ दशमलव २३ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ६४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]