November 10th, 2016

अनुभव नभएकालाई बैंकिङ करिअर सुरु गर्ने अवसर ! एनआईसी एसिया बैंकले माग्यो कर्मचारी

एनआईसी एशिया बैंकमा जागीर खुलेको छ । बैंकले मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकको मुलुकभर छरिएर रहेका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरिएको बैंकले जनाएको छ ।

मेनेजमेन्ट ट्रेनी पदका लागि बैंकले मेनेजमेन्ट, फाइनान्स, एकाउन्ट अर्थात सम्बन्धि विषयमा स्नातकोत्तर (पहिलो श्रेणीमा) उतीर्ण गरेको र एसएलसी, प्लस दुई र स्नातक तह कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको कर्मचारी माग गरेको छ । स्नातकोत्तरको अन्तिम वर्षको परीक्षा सकेर नजिताको प्रतिक्षामा रहेकाहरुले पनि आवेदन दिन सक्ने बताइएको छ । उमेर २८ वर्ष ननाघेको हुनुपर्ने बताइएकोछ । 

त्यस्तै, ट्रेनी एसिस्टेन्टका लागि कुनै पनि विषयमा स्नातक कम्तीमा ५० प्रतिशत प्राप्ताकंसहित उतीर्ण गरेको तथा एसएलसी र प्लस दुई पनि ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्नेछ । विजनेस, फाइनान्स, एकाउन्ट वा मेनेजमेन्टमा स्नातक गरेकालाई प्राथमिकता दिइने बताइएको छ । उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी २२ नोभेम्बर अर्थात मंसिर ७ गतेभित्रमा अनलाइन एप्लिकेसन दिनुपर्नेछ । अनलाइन एप्लाई गर्न यहाँ क्लिक गर्नुहोस् ।  

nic-asia


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]