November 7th, 2016

विकास बैंकहरुले कसरी दिन्छन् सेवा ? हेर्नुस्, विकास बैंकका बारेमा सम्पूर्ण जानकारी

development-banksनेपाल राष्ट्र बैंकले तोके बमोजिम इजाजतपत्र लिएर काम गरेका वाणिज्य बैंकभन्दा केही साना र केही कम पुँजी परिचालन गरेका बैंकहरु ‘ख’ वर्गका बैंकहरु हुन् । यस्ता बैंकहरुलाई विकास बैंक भन्ने गरिन्छ । उनीहरुले विभिन्न उद्योग, व्यवसायहरु, तथा व्यक्ति एवं कम्पनीहरुमाथि बैंकिङ कारोबार गर्दछन् । 

‘ख’ वर्गका बैंकहरु अर्थात विकास बैंकहरु ४ किसिमका हुन्छन् । 

(१) रााष्ट्रिय स्तरका विकास बैंकहरु : रााष्ट्रिय स्तरका विकास बैंकहरुले देशैभरी शाखा संजाल विस्तार गर्न पाउँछन् । उनीहरुले बाणिज्य बैंकहरु भन्दा कम पुँजी परिचालन गरेर देशका जुनसुकै ठाउँमा शाखा खोल्न वा कारोबार गर्न पाउँछन् । 

(२) दश जिल्लामा कारोबार गर्ने विकास बैंकहरु : दश जिल्लामा मात्रै काम गर्ने गरी एवं दश जिल्लाका विभिन्न ठाँउमा मात्रै शाखा संजाल विस्तार गर्नेगरी राष्ट्र बैंकले तोकेको विधि प्रकृया अनुसार इजाजत लिएका बैंकहरु दश जिल्ले विकास बैंकहरु हुन् । यस्ता संस्थाहरु राष्ट्रिय स्तरका विकास बैंक भन्दा साना बैंकहरु हुन् । 

(३) तीन जिल्लामा कारोबार गर्ने विकास बैंकहरु : तीन जिल्लामा मात्रै काम गर्ने गरी एवं तीन जिल्लाका विभिन्न ठाउँमा मात्रै शाखा संजाल विस्तार गर्नेगरी राष्ट्र बैंकले तोकेको विधि प्रकृया अनुसार इजाजत लिएका बैंकहरु तीन जिल्ले विकास बैंकहरु हुन् । यस्ता संस्थाहरु मुलतः स्थानीय स्तरमा बैंकिङ कारोबार गर्ने बैंकका रुपमा लिइन्छ । 

(४) एक जिल्लामा कारोबार गर्ने विकास बैंकहरु : एक जिल्लामा मात्रै काम गर्ने गरी एवं एक जिल्लाका विभिन्न ठाउँमा मात्रै शाखा संजाल विस्तार गर्नेगरी राष्ट्र बैंकले तोकेको विधि प्रकृया अनुसार इजाजत लिएका बैंकहरु तीन जिल्ले विकास बैंकहरु हुन् । यस्ता वित्तीय संस्थाहरुलाई मुलतः स्थानीय स्तरमा बैंकिङ कारोबार गर्ने बैंकका रुपमा लिइन्छ । यस्ता संस्थाहरु एक जिल्लामा मात्रै सक्रिय रहन्छन् ।

विकास बैंकले गर्ने कार्यहरु निम्नानुसार छन् ।

  • निक्षेप संकलन गर्ने तथा निक्षेपको भुक्तानी दिने । 
  • हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
  • प्रचलित कानुन तथा राष्ट्र बैंकको अधीनमा रही बिदेशी विनिमय कारोबार गर्ने ।
  • आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक सर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो व्यक्तिको जेथा जमानत लिने ।
  • एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र कर्जा दिने ।
  • प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीदबिक्री गर्ने ।
  • राष्ट्र बैंकले तोकेको सर्तको अधीनमा रही प्रतितपत्र निष्काशन तथा स्वीकार गर्ने ।
  • नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  • ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेञ्चर वा सुरक्षणको ब्याज उठाइदिने र सोको लाभांश, मुनाफा वा ब्याज उठाइदिने ।
  • नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
  • विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफू तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबीच लिनेदिने ।
  • कुनैपनि व्यक्ति फर्म कम्पनी वा संस्थालाई सवारी साधन, मेशिन, औजार, उपकरण, घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पत्तिको लागि किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]