September 30th, 2016

बैंकिङ व्याजदर वृद्धिको प्रभाव नेप्सेमा : साताभरमा साढे १३ अंकले घट्यो परिसूचक

economicसाताको अन्तिम दिन सेयर बजार सामान्य ४.२८ अंकले बढेर १७५३.३८ अंकमा कायम भयो । गत साताको अन्तिम दिन परिसूचक १७६६.९१ अंकमा कायम भएको थियो । यस आधारबाट हेर्दा, यो साता नेप्से परिसूचक १३.५३ अंकले घटेको देखिन्छ । साताको सुरुवात नै गिरावटबाट गरेको बजार सोमबार २६.४६ अंकले बढ्यो । तर, भोलिपल्ट उक्त वृद्धिले निरन्तरता पाएन । मंगलबार बजार ३.३८ अंकले आर्लियो । बुधबार पनि ४.२६ अंकले घट्यो । साताको अन्तिम दिन आएर पुनः बजार सुधारिएको छ । यो सुधार अर्को हप्ता कायम रहन्छ या रहँदैन यो त हेर्न बाँकी नै छ । 

यता, कारोबार रकमलाई हेर्ने हो भने, आइतबार एक अर्बमाथिको पुँजी परिचालन भयो । भने ८१ करोड रुपैयाँको कारोबार भयो । सोमबार सामान्य भएपनि कारोबारमा सुधारको गति कायम रह्यो । मंगलबार भने कारोबार रकम उल्लेख्य रुपमा घटी झन्डै ७३ करोडमा सीमित हुन पुग्यो । बुधबार सामान्य घटेको कारोबारमा विहीबार भने सुधार देखियो । समग्रमा यो साता चार अर्ब ४५ करोड ५५ लाख ७१ हजार  आठ सय पाँच रुपैयाँ बराबरको कारोबार भयो । गत साताको तुलनामा यो साता कारोबार घटेको हो । गत साता पाँच अर्ब ६६ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो ।

एनबी बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लगायतको सेयरमा यो साता लगानीकर्ताको राम्रो आकर्षण रह्यो । बजार घट्दा पनि ङादी ग्रुप पावर, बैंक अफ काठमाण्डू लुम्बिनी, ज्योति विकास बैंक, रिलायबल माइक्रोफाइनान्स लगायतका लगानीकर्ताले राम्रे आम्दानी गरे । निर्धन उत्थान बैंक, एभरेष्ट बैंक (सीपी), गुडविल फाइनान्स, छिमेक लघुवित्त लगायतका लगानीकर्ताले गुमाए । 

बैंक तथा वित्तीय संस्थाहरुले बढाएको निक्षेप व्याजदरका कारण सेयर बजार घटेको विश्लेषकहरु बताउँछन् । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि बैंकहरु व्याजदर बढाएरै भएपनि निक्षेप संकलन बढाउने प्रक्रियामा छन् । आकर्षक व्याज पाउने लोभमा सर्वसाधारणले पयिन सेयर बजारलाई छोडेर बैंकमा पैसा राख्न थालेका छन् । यसले गर्दा सेयर बजार प्रभावित भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले सस्तोमा ब्याज दिँदा साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से अहिले घटेर १७ सयको हाराहारीमा आईपुगेको छ भने अझै पनि बजार बढ्न सक्ने कुनै संकेत देखिएको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]