September 29th, 2016

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो पाँच अर्ब तरलता

nrbनेपाल राष्ट्र बैंकले बिहिबार रिपोमार्फत् बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ पठाएको छ । हाल बैंक तथा वित्तीय संस्थालाई नगदको आवश्यकता भएपछि केन्द्रीय बैंकले रिपोमार्फत उनीहरुलाई तरलता प्रदान गरेको हो । उक्त रिपोको सावाँ तथा व्याज आगामी आसोज २० गते भुक्तानी हुनेछ ।

२०६८ सालको अन्तिममा रिपोमार्फत बजारमा पैसा उठाएको केन्द्रीय बैंकले ४ वर्षपछि गत साउन अन्तिममा रिपो जारी गरेको थियो । चार वर्षको अवधिमा वित्तीय क्षेत्रमा अधिक तरलताको समस्या देखिएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिभर्स रिपो, ट्रेजरी बिल, निक्षेप खरिद उपकरणलगायतका विभिन्न वित्तीय उपकरणको प्रयोग गर्दै आएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]