September 22nd, 2016

ल्यापटपमा ब्याट्री टिकेन ? यसो गर्नुस्

laptopकहिलेकाहीँ आफूले आवश्यक भएकै बेला ल्यापटपको ब्याट्रीले धोका दिन सक्छ । काम तत्काल सक्नुपर्ने, तर ब्याट्री चार्ज गर्ने सुविधा नभएमा तनाव सिर्जना हुन्छ । यस्तो समयमा हामीले केही प्राविधिक पक्ष मिलाउन सके लामो समयसम्म ल्यापटपको ब्याट्री टिकाउन सकिन्छ । ल्यापटपको ब्याट्रीमा चार्ज नटिकेर सिर्जना हुने तनावलाई कम गर्न बागबजारस्थिर डिआईटी सोलुसनका आइटी प्रशिक्षक सुदीप घिमिरेले ५ वटा टिप्सहरु दिएका छन्, जसले तपाईँको ल्यापटपको ब्याट्री लामो समयसम्म टिकाइराख्न मद्धत पुर्याउनेछ : 

कम ब्राइटनेस
प्रायः इलेक्ट्रोनिक डिभाइस ल्यापटप, स्मार्टफोन वा ट्याबलेटको ब्याट्री धेरै समय टिकाउन कम ब्राइटनेसमा चलाउनुपर्छ । यसका लागि ल्यापटपमा एफएन की र ब्राइटनेस की थिचेर यसलाई घटाउन सकिन्छ । अथवा windows + X button थिच्ने र आएको मेनुबाट पावर अप्सन छनोट गरेर ब्राइटनेस घटाउन सकिन्छ ।

स्लिप मोड
ल्यापटपमा काम गर्दागर्दै अन्त अल्मलिनुपर्यो भने ब्याट्री ड्रेन भइरहेको हुन्छ । यस्तो नहोस् भन्न ल्यापटप केही समय नचलाएको वेला स्क्रिन डिस्प्ले अफ वा स्लिप मोडमा राखेर ब्याट्रीको आयु बढाउन सकिन्छ । यसका लागि विन्डोज अपरेटिङ सिस्टम भएको ल्यापटपमा एक्स बटन थिचि आएको मेनुबाट पावर अप्सछान्नुपर्छ । पावर सेभर अथवा ब्यालेन्स जुन अप्सन छ, त्यसको सेटिङमा गएर स्क्रिन डिस्प्ले अफ र पुट द कम्प्युटर स्लिपको सेटिङ मिलाएर सेभ गर्नुपर्छ ।

वाइफाई र ब्लुटुथ अफ
वाइफाई तथा ब्लुटुथ अन हुँदा ब्याट्रीको पावर खपत गरिराखेको हुन्छ । सकेसम्म बत्ती नभएको वेला वाइफाई ब्लुटुथ चलाउनु हुँदैन । यसलाई डिसेबल गर्न एफएन की र वाइफाईमा ब्लुटुथको स्याम्बलमा क्लिक गर्ने । विन्डोजले विभिन्न पावर प्लान अप्सन दिएको हुन्छ त्यसमा पावर सेभ गर्ने । यसो गर्न windox + X थिचि पावर अप्सनमा गएर ब्यालेन्स र पावर सेभरमा पावर सेभर छान्नुपर्छ । 

अनावश्यक प्रोग्राम फिक्सिङ
विन्डोज सेभेन र एटमा पावर ट्रोबलसुटिङ टुल इन्स्टल भएको हुन्छ । जसले अनावश्य ब्याट्री प्रयोग गरेको प्रोग्रामलाई फिक्स गर्छ । यो सेटिङ मिलाउन कन्ट्रोल प्यानलमा जाने ट्रोबल सेटिङ अप्सन क्लिक गर्ने र भ्यु अलमा क्लिक गरी पावरमा क्लिक (इन्स्ट्रक्सन फलो) गर्नुपर्छ । 

हाइबर्नेट की
ल्यापटपलाई स्लिप मोडमा राख्दा त्यसले र्यामको ब्याट्री खपत गर्छ । तर यदि हामीले हाइबर्नेट गर्यौँ भने सिस्टम स्टेटहरू एचडिडीमा सेभ हुन्छ । यसले पावर पूर्णतया अफ हुन्छ । ल्यापटप केही घन्टापछि चलाउनु छ भने स्लिपको सट्टा हाइबर्नेट की प्रयोग गर्नुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]