September 12th, 2016

सरकारका लागि राष्ट्र बैंकले उठायो तीन अर्ब ८७ करोड आन्तरिक ऋण

nrbनेपाल राष्ट्र बैंकले तीन अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले सोमबार दिउसो ३ बजे ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन प्रकारका ट्रेजरी बिल जारी गरेको हो । ९१ दिने २ अर्ब ५० करोड रुपैयाँ बराबरको, १८२ दिने ५० करोड रुपैयाँ बराबरको र ३६४ दिने ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार, ९१ दिने अवधिको ट्रेजरी बिल आगामी मंसिल २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको ट्रेजरी बिल आगामी चैत्र १ गते परिपक्व हुने छ । त्यस्तै, ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ भदौ २७ गते परिपक्व हुने बताइएको छ । 

राष्ट्र बैंकले सरकारका लागि आवश्यक आन्तरिक ऋण उठाउने क्रममा छोटो अवधिको ट्रेजरी बिल जारी गर्ने गर्दछ । यद्यपि, पछिल्लो समय छोटा अवधिका ट्रेजरी बिलमा कम आकर्षण हुने गरेको पाएपछि राष्ट्र बैंकले ट्रेजरी बिलको संख्यालाई घटाई लामो समयावधिका ऋणपत्रहरुो संख्यालाई बढाउने योजना बनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]