इन्डोनेसियाको आर्थिक वृद्धिदर नौ वर्षयताकै उच्च

बैंकिङ खबर/ विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो असर परेको थियो । तर दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा […]


डिजिटल करेन्सी, ई–रुपीको प्रयोग बढाउँदै भारतीय केन्द्रीय बैंक

तस्वीर स्रोत: टेलिग्राफ इन्डिया एजेन्सी । भारतीय केन्द्रीय बैंकले डिजिटल करेन्सी, ई–रुपीको प्रयोग आम रुपमा बढाउँदै लगेको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले दुई महिनाअघि पहिलो पटक यसको परीक्षण शुरु गरेको थियो । हाल त्यहाँको सबैभन्दा ठूलो रेटलर, रिलायन्स रिटेलले ई–रुपी स्वीकार गर्ने बताएसँगै भारतमा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) आम प्रयोगकर्तामाझ विस्तार […]


नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने अष्ट्रेलिया केन्द्रीय बैंकको घोषणा

बैंकिङ खबर/ अष्ट्रेलियाले आफ्नो बैंक नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले बिहीबार उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अंकित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ्कले जनाएको छ । केन्द्रीय बैंकको यो निर्णयसँगै हालै राजसिंहासन सम्हालेका […]


भारतीय बजेटः नेपाललाई दिने अनुदान घट्यो

बैंकिङ खबर/ भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान घटाएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार पेश गरेको भारतको युनियन सरकारको २०२३-२०२४ को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान शीर्षकमा विनियोजन गरेकी हुन्। गत वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान छुट्याइएको थियो। त्यसमा ४ अर्ब २५ करोड भारु भारतले नेपाललाई […]


विश्व अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण, नेपालको वृद्धिदर ५.१% रहने अनुमान

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्व अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण छ । आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरिएको हा । यसअघि विश्व बैंकले भने १.७ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। यस वर्ष मन्दीमा रहने विश्व अर्थतन्त्रले सन् २०२४ मा भने ३.१ […]


अर्बपति गौतम अडानीका कारण शेयर बजारमा आतंक

बैंकिङ खबर/  भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतङ्क छाएको हो । एशियाका सबैभन्दा धनी अडानीले यो साता आफ्नो कुल सम्पत्तिमा २५ अर्ब अमेरिकी डलर गुमाए । फोब्र्सको विश्वव्यापी […]


पाकिस्तानी मुद्रा इतिहासकै कमजोर

बैंकिङ खबर/ पाकिस्तानी मुद्रा इतिहासकै कमजोर भएको छ । बिहीबार पाकिस्तानी बजारमा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर सावित भएको पाकिस्तानी रुपैयाँको मूल्यमा शुक्रबार झन् गिरावट आएको छ । शुक्रबार स्थानीय समयअनुसार बिहान साढे १० बजे १ डलरको सटही दर २६४ रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार पाकिस्तानी मुद्राको मूल्यमा ३.३६ प्रतिशतले गिरावट आएको हो […]


बैंकिङ क्षेत्रमा डिजिटाइजेसनः प्रतिस्पर्धाको नयाँ लहर

प्रविधिको अवलम्बन र दैनिक जीवनमा डिजिटल बानी बसाल्ने सन्दर्भमा आएको परिवर्तनले बैंकिङलगायत सबै क्षेत्रहरूमा चुनौती र अवसरहरू निम्त्याएको छ। बैंकिङ क्षेत्रमा डिजिटाइजेसनले परम्परागत बैंकिङ सेवा प्रदायकहरूबीच प्रतिस्पर्धाको नयाँ लहर शुरु गरेको छ । परम्परागत बैंकहरूले गैर–बैंक प्रतिस्पर्धी र डिजिटल–मात्र बैंकहरूबाट अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका छन्। द्रुत रूपमा परिवर्तन भइरहेको बैंकिङ परिदृश्यको सामना गर्न, बैंकहरूले चुनौतीहरूको […]


जापानको मुद्रास्फीति ४१ वर्षयताकै उच्च

बैंकिङ खबर/ जापानमा मुद्रास्फीति दर ४१ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय बैंकलाई दबाब परेको छ । खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य […]


किर्गिस्तानमा बैंकबाट नगद विदेशी मुद्रा झिक्न नपाइने

बैंकिङ खबर/ किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो । मन्त्रिपरिषद्का अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न तथा आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको […]