ग्लोबल बैंकको ‘ह्याप्पी आवर्स योजना’

बैंकिङ खबर/ग्लोबल आइएमई बैंकले ग्राहकका लागि ‘ह्याप्पी आवर्स योजना’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्न क्यासब्याक योजना सार्वजनिक गरेको जनाएको छ।    


यस्ता छन् नवनियुक्त अर्थमन्त्रीसमक्ष परिसंघले राखेका १० सुझाव

बैंकिङ खबर/ नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्री महतलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई आइतबार बधाई दिंदै अर्थतन्त्र सुधारका सुझाव प्रस्तुत गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले […]


राष्ट्रिय वाणिज्य बैंकद्वारा हजारौं नागरिक माझ वित्तीय चेतना अभिवृद्धि सञ्चालन

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न १३४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनि, […]


बैंकिङ क्षेत्रमाथि भइरहेको आक्रमणबारे सिबिफिनले गरायो गभर्नरको ध्यानाकर्षण

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भेटघाट गरेको छ। गभर्नर अधिकारकै कार्यकक्षमा भेटघाट गरी सिबिफिन प्रतिनिधिमण्डलले बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका सम्भावित उपायहरुका वारेमा बृहत छलफल गरेको छ। सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले […]


गरिमा विकास बैंककाे नयाँ वर्षको क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडले एक विशेष कार्यक्रम आयोजना गरी आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ । आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गर्नुभयो । बैंकले देश भित्रका […]


माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह २०२३

बै‌किङ खबर/ वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने Global Money Week २०२३ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २० तारिख देखि २६ तारिखसम्म परेको Global Money Week २०२३ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको थियो […]


महंगो ब्याजदरः उत्पादनमा लगानी नहुँदा अर्थतन्त्रमा समस्या

बैंकिङ खबर/ महंगो ब्याज र उत्पादनमा लगानी नहुँदा अर्थतन्त्रमा समस्या देखिन थालेको एक कार्यक्रमका सहभागिले बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ कार्यक्रममा बोल्दै विभिन्न क्षेत्रका सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् । नेपाल बैकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले वित्तीय प्रणालीमा तरलता सहज भएकाले अब ब्याजदर घट्ने ठाउँ रहेको बताए । […]


‘आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने’

बैंकिङ खबर/आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगं (एजेन्ट्स) यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् । यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई-एजेन्ट पोर्टल’ मार्फत नै […]


एनआईसी एशिया बैंकद्वारा आफ्नै पेटेन्ट स्वीच सञ्चालन

बैंकिङ खबर/ एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ। बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको जानकारी दिएको छ। डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त नयाँ व्यवस्था […]


नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो ३० लाख

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई सो रकमबराबरको चेक बुधबार हस्तान्तरण गरेका छन्। नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलता […]