Friday , February 24 2017

सेयर बजार

आस्वा प्रणालीबाट सेयर भर्ने सहज तरिका (जान्नुहोस् विस्तृतमा)

धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । आगामी माघ १ गतेबाट यो प्रणाली लागू हुँदैछ ।  कसरी चल्छ आस्वा प्रणाली लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र …

Read More »

अन्तिम एक घण्टामा ‘युटर्न’ मारेर सेयर बजार पुग्यो झन्डै १२७९ अंकमा

आइतबार ४३.७२ अंकको पहिरो गएको सेयर बजारले सोमबार वृद्धितर्फको बाटो समातेको छ । १२५२.५१ अंकबाट सुरु भएको कारोबार सोमबार कारोबार बन्द हुँदासम्म १२७८.९८ अंकमा पुगेको छ । कारोबार खुलेको तीन घण्टामा १२१९ अंकसम्ममा झरेको बजार अन्तिम एक घण्टामा निरन्तर उकालो …

Read More »

५० प्रतिशत हकप्रद जारी गर्न कुमारी बैंकले पायो अनुमति

कुमारी बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरेको छ । बोर्डले कुमारीलाई आइतबार (फागुन १ गते) हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो । बैंकले एक सय रुपैंया अंकित …

Read More »

खुल्यो दिव्यश्वरी हाइड्रोको सेयर कारोबार

सोमबारदेखि दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डिएचपीएल कोडबाट दिव्यश्वरीका सेयर कारोबार हुने नेप्सेले जनाएको छ । दिब्यश्वरी हाइड्रोको कारोबार खुल्ने सेयरमूल्य प्रतिकित्ता ११६ रुपैयाँदेखि ३४८ रुपैयाँ तोकिएको छ । हाइड्रोले गत साता नेप्सेमा …

Read More »

नेप्सेमा ४३.७२ अंकको पहिरो, ५ कम्पनीले कमाए, अधिकांश बीमा कम्पनीले अत्याधिक गुमाए

साताको पहिलो दिनमै सेयर बजारमा ४३.७२ अंकको पहिरो गएको छ । बजार १२५२.५१ अंकमा झर्दा पनि लगानीकर्तामा भने धैर्यता कायम रहेको देखिएको छ । जसअनुसार, आइतबार कारोबार रकममा ठूलो गिरावट आएको छैन । दिनभरिमा १३२ वटा कम्पनीको १३ लाख आठ …

Read More »

शतप्रतिशत हकप्रद जारी गर्दै लक्ष्मी बैंक, धितोपत्र बोर्डमा दियो आवेदन

लक्ष्मी बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । गत वर्षको माघमा सम्पन्न १५औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम लक्ष्मीले प्रोफेशनल …

Read More »

१३ सयको विन्दुबाट झर्यो सेयर बजार, साताभरमा ८६.५६ अंकको गिरावट

साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक २८.७५ अंकले घट्यो । तर, कारोबारमा भने राम्रो वृद्धि देखियो । हुन त, यो साताभर नै नेप्से परिसूचक घटिरह्यो । मंगलबारहेक हरेक दिन दोहोरो अंकले घट्यो सेयर बजार । गत साताको अन्तिम दिन १३८२.८१ …

Read More »

नेपाल एसबीआई बैंकको एफपिओमा नपरेको पैसा यसरी लिनुस् फिर्ता

नेपाल एसबीआई बैंक लिमिटेडले एफपिओमा नपरेको पैसा माघ २८ गतेदेखि फिर्ता दिन सुरु गरेको छ । आवेदकले एफपिओको फारम बुझाएको स्थानबाटै रकम फिर्ता पाउने बताइएको छ ।   बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि पुस ११ …

Read More »

कैलाश विकास बैंकको २० प्रतिशत हकप्रद सेयर फागुन ६ गतेदेखि

कैलाश विकास बैंक लिमिटेडले आगामी फागुन ६ गतेदेखि २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको ३१ लाख …

Read More »

जोशी हाइड्रोपावरको आईपीओले पायो ग्रेड फाइभ रेटिङ

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको संकेत गर्दछ । कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर (आईपिओ) …

Read More »