February 14th, 2018

८.६५ अंकले बढ्यो सेयर बजार, ३८ करोड बढीको कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेको छ । फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २.७९, ५.३५ र १.५४ अंकले घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, बीमा र लघुवित्त समूह क्रमशः ५.६१, ०.२६, १०.३२, २.७२, १८.२, १२१.५२ र २०.५५ अंकले बढेका छन् । 

दिनभरिमा १५५ वटा कम्पनीको नौ लाख ३१ हजार दुई सय १६ कित्ता सेयर तीन हजार चार सय २२ पटक खरिदविक्री हुँदा ३८ करोड ६४ लाख ८६ हजार दुई सय आठ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स प्रोमेटर र प्रभु बैंकको पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको साढे दुई करोड तथा प्रुडेन्सियल इन्स्योरेन्स प्रोमोटर, नविल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमथिको कारोबार भएको छ । नेपाल इन्भेष्मेन्ट बैंक, कुमारी बैंक, नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको क्रमशः ९९ लाख, ९० लाख, ८९ लाख र ८४ लाख रुपैयाँको कारोबार भएको छ । 

आरएसडीसी लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने प्रिमियर इन्स्योरेन्सका सेयरधनीले ७.५६ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, सिनर्जी पावर, सिन्धु विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, प्रभु इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेशनल हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले ५.२१ प्रतिशतका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, समिट माइक्रोफाइनान्स, मल्टिपर्पोज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, किसान माइक्रोफाइनान्स, लक्ष्मी भ्यालु फण्ड, गुहेश्वरी फाइनान्स, ग्लोबल हाईएमई लघुवित्त, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]