लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ३५ प्रतिशत बोनस सेयर र १.८४ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको जनाएको छ । उक्त बोनस कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
हाल लुम्बिनी फाइनान्सको चुक्तापुँजी ४१ करोड दुई लाख ५० हजार रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि कम्पनीको पुँजी ५५ करोड ३८ लाख रुपैयाँ पुग्नेछ । लुम्बिनीले आगामी असार मसान्तसम्मका ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।