January 23rd, 2018

१४ सयको विन्दुबाट ओरालो लाग्यो सेयर बजार, दिनदिनै घट्दै कारोबार

बैंकिङ खबर । मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ९.०५ अंकले घटेर १३९३.०४ अंकमा कायम भएको छ । उत्पादनमूलक समूह स्थिर रहेको छ भने बाँकी सबै समूहहरु घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त क्रमशः ६.६७, ०.५, ३७.२९, ३.४५, २९.४८, ३.८३, ८७.६५, ०.३६ र ९.२१ अंकले घटेका छन् । 

कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । दिनभरिमा १५५ वटा कम्पनीको आठ लाख २८ हजार सात सय सात कित्ता सेयर तीन हजार आठ सय ६२ पटक खरिदविक्री हुँदा ३२ करोड २६ लाख ७३ हजार तीन सय ५८ रुपैयाँको कारोबार भएको छ । 

सानिमा माई हाइड्रोको दुई करोड ९२ लाख र युनिलिभर नेपालको दुई करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनी, ग्लोबल आईएमई बैंक प्रोमोटर, वरियन्टल होटल्स, सानिमा बैंक र फस्र्ट माइक्रोफाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको ६९ लाख तथा नविल बैंकको ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

फस्र्ट माइक्रोफाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । यसबाहेक, ग्लोबल आईएमई समुन्नत स्किम, सप्तकोसी डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो, लुम्बिनी विकास बैंक, जलविद्युत् लगानी तथा विकास कोष, ग्लोबल आईएमई बैंक प्रोमोटर, जानकी फाइनान्स, नयाँ नेपाल लघुवित्त लगायत ३५ कम्पनीका सेयरधनीले पनि कमाएका छन् । 

यता, कालिका माइक्रोक्रेडिट र एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, कामना सेवा विकास बैंक, तिनाउ विकास बैंक, ङादी ग्रुप पावर, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]