January 28th, 2018

१४०५.९५ अंकमा पुग्यो सेयर बजार, ३५ करोडमाथिको कारोबार

बैंकिङ खबर । आइतबार सेयर बजार १.४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ । बैंकिङ र विकास बैंक समूह क्रमशः ५.९२ र ४.७६ प्रतिशतले बढेका छन् । व्यापार, होटल, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १०.३९, २८.०२, १६.९२, २.७५, १२.४९, ९.३९, ३.०३ र ५.४५ अंकले घटेका छन् । 

दिनभरिमा १५८ वटा कम्पनीको आठ लाख ५१ हजार तीन सय २५ कित्ता सेयर चार हजार नौ सय १६ पटक खरिदविक्री हुँदा ३५ करोड ४७ लाख ५१ हजार सात सय ४८ रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रो र कृषि विकास बैंकको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, हिमालयन पावर पार्टनर, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नविल बैंक प्रोमोटरको ८२ लाखमाथिको कारोबार भएको छ ।

एनएमबि बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ र लक्ष्मी बैंकका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नेको इन्स्योरेन्स, निर्धन उत्थान बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, कैलाश विकास बैंक, एनएलजि इन्स्योरेन्स, भार्गव विकास बैंक, ग्लोबल आईएमई बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिन्धु विकास बैंक र विशाल बजारका सेयरधनीले छ प्रतिशत तथा मल्टिपर्पोज फाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स, तिनाउ विकास बैंक, अरुण फाइनान्स, एनआईबिएल प्रगति फण्ड, सिभिल लघुवित्त, रिडि हाइड्रो, हाम्रो विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]