March 5th, 2017

१२ अर्ब १५ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार

नेपाल राष्ट्र बैंकले १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब १३ करोड रुपैयाँको, १८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँको र ३६४ दिने अवधिको चार अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरेको हो । ट्रेजरी बिल खरिद गर्न चाहनेले सोमबार दिउँसो ३ बजेभित्रमा बोलपत्र पेश गर्नुपर्नेछ ।

यसअघि राष्ट्र बैंकले गत फागुन १५ गते ९१ दिने अवधिको चार अर्ब ५२ करोड ८२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा आठ अर्ब १० करोड रुपैयाँको बोल परेको थियो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]