June 25th, 2017

हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०१७ सम्पन्न, कसले पायो उपाधि ?

हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०१७ हालै रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप्स विधामा संचालन भएको उक्त प्रतियोगितामा ध्रुव थापा ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भए । ३८ अंकका साथ जीवन लिम्बूले दोश्रो पुरस्कार जिते । आङ्ग नोर्बु शेर्पाले ३२ अंकका साथ बेस्ट ग्रसको उपाधि जिते । महिला तर्फ प्रतिमा शेर्पा ३६ अंकका साथ प्रथम भईन भने श्रीमती पवित्रा याक्थुम्बाले ३४ अंक जोडी उनलाई पछ्याईन् ।

सिनियर तर्फको उपाधि कर्नेल शशी विक्रम सिंहले ३७ अंक सहित जिते । उनलाई गौतम सायमीले ३६ अंकका साथ पछ्याएका थिए । सुपर सिनियर तर्फ ३० अंकका साथ मेजर मणी प्रसाद राई प्रथम भए । गेष्ट तर्फको विजेताको उपाधि पृथ्वी मल्लले ३६ अंकका साथ हात पारे । सोही समूहमा कन्चन बस्नेत ३५ अंकका साथ दोश्रो भए । हिमालयन बैंक परिवारका तर्फवाट समीर आचार्यले ३४ अंकका साथ उपाधि जित्न सफल भए । 

जुनियर तर्फ विनोद तामाङ्ग  २३ ऋद्य अंकका साथ प्रथम र साश्वत प्रधान २३ अंकका साथ दोश्रो भए । मोस्ट बर्डीजको पुरस्कार मिथुन राईले हात पारे भने लङ्गेस्ट ड्राईभको उपाधि शैलेश सांघाईको हातमा प¥यो । क्लोजेस्ट टु द पिनको पुरस्कार स्वदेश गुरुङ्गको नाममा रह्यो । यसैगरि २४ औं भाग्यमानी गल्फरको पुरस्कार श्रीमती रेखा घिमिरेले प्राप्त गरिन् । 

१०६ जना प्रतिस्पर्धि सामेल भएको उक्त प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठ, प्रमुख सल्लाहकार हिमालय शमशेर राणा, बैंकका निर्देशक प्रचण्ड बहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा तथा रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मेजर एन. के. राईले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]