January 19th, 2018

सेयर बजारमा ३३.७७ अंकको गिरावट, तीन दिनमा अर्बमाथिको कारोबार

बैंकिङ खबर । यो साता तीन दिन मात्रै सेयर कारोबार भयो । जसमध्ये, तीन दिन नै सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक आइतबार ९.१९, मंगलबार १७.३९ र बुधबार ७.१९ अंकले घटेको छ । गत साताको अन्तिम दिन १४४०.२९ अंकमा बन्द भएको बजार यो साता १४०६.५२ अंकमा कायम भएको छ । यस आधारमा हेर्दा, यो साता सेयर बजार ३३.७७ अंकले घटेको देखिन्छ ।

बजार निरन्तर रुपमा ओला लागेपछि त्यसको प्रभाव कारोबार रकममा पनि देखिएको छ । आइतबार ३२ करोड ८३ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार र बुधबार क्रमशः ३६ करोड २२ लाख र ४० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएकोा छ । समग्रमा साताभरमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार तीन सय ७५ रुपैयाँको कारोबार भएको छ । गत साता चार दिनमा एक अर्ब ७० करोड २९ लाख ३१ हजार तीन सय ६८ रुपैयाँको कारोबार भएको थियो ।

सानिमा माई हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको राम्रो कारोबार भएको छ । थोरै कम्पनीका सेयरधनीले मात्रै यो साता कमाउने अवसर पाएका छन् । आइतबार १९, मंगलबार २१ र बुधबार ४७ वटा कम्पनीका सेयरधनीले मात्रै आफ्नो सम्पत्ति बढाए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]