February 3rd, 2017

सुगम सहकारीको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

सुगम बचत तथा ऋण सहकारी संस्थाले जनजागृति माविको ३७ औं बार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल मेडिकल कलेज अत्तरखेलको प्राविधिक सहयोगमा बुढानिलकण्ठ नगरपालिकाको जगडोल स्थित जनजागृति माबिको प्रांगणमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा बिशेष गरी हाइड्रोशिल, हर्निया, आङ्ग खसेको, पाठेघरको समस्या लगायतको निशुल्क परिक्षण भएको थियो । श्यास्थ्य शिविरबाट सुगम सहकारीका कार्यक्षेत्र भित्रका करिब २ सय जनाले लाभ लिएको सहकारीले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]