February 14th, 2018

सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले १० प्रतिशत अर्थात १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । सेयर निष्काशन चैत ६ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिद्धार्थ क्यापिटल तथा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६८ करोड २६ लाख ११ हजार सात सय १९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार एक सय १७ दशमलव १९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिद्धार्थ बैंकको चुक्तापुँजी छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ५० करोड ८७ लाख रुपैयाँ नाघ्नेछ । ८ अर्ब पूँजी पुर्याउन अपुग रकम बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गर्नुपर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]