November 29th, 2016

सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीलाई १६.०७ प्रतिशत बोनस सेयर

sangrilaसांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६.०७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । गत आर्थिक वर्षमा बैंकले २१ करोड ८९ लाख रुपैयाँ मुृनाफा आर्जन गरेको थियो । 

कर प्रयोजनका लागि सांग्रिलाले ०.८५ प्रतिशत नगद लाभांश पनि दिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

हाल सांग्रिलाको चुक्तापुँजी १ अर्ब ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ छ । १६.०७ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको पुँजी एक २४ करोडको हाराहारीमा पुग्नेछ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ करोड ९७ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकले यस अवधिमा १० अर्ब ९४ करोड निक्षेप संकलन गरी ९ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । सांग्रिलाले ३१ वटा शाखा कार्यालय, १२ वटा एटीएम तथा मोबाइल बैंकिङ सेवामार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]