June 14th, 2017

राधी विद्युत् कम्पनीले सर्वसाधारणका लागि सात लाख ६४ हजार कित्ता सेयर जारी गर्ने

गत वैशाख पहिलो साता आयोजना प्रभावित लमजुङ बासीका लागि सेयर निष्काशन गरेको राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणसका लागि सेयर जारी गर्ने प्रक्रिया पनि अघि बढाएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ २९ गते बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार पाँच सय ५० हजार कित्ता सेयर निष्काशन गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । ६० करोड रुपैयाँमा सम्पन्न भएको राधी विद्युत् कम्पनीमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन् । कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ । साथै कम्पनीेले दोलखामा निर्माण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]