June 7th, 2017

महालक्ष्मी लाइफ इन्स्योरेन्सले लोगो सार्वजनिक गर्यो, छिटै सञ्चालनमा आउने तयारी

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको लोगो सार्वजनिक गरेको छ । कम्पनीको मगंलवार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारीत गरी सार्वजनिक गर्ने गरेको हो । महालक्ष्मीले केही समय अगाडि मात्रै बीमा समितिको स्वीकृतीमा अर्थमन्त्रालयबाट सञ्चालनको स्वीकृती पाएको थियो । अब दुई अर्ब चुक्तापूँजी पुर्याउने प्रक्रियामा रहेको कम्पनीले संस्थापकहरुबाट एक अर्ब ४० करोड चुक्तापूँजी पुँर्याउँद्रैछ । ५५ जना संस्थापक सदस्य रहेको कम्पनी संघीय संरचनामा कार्यालय स्थापनाको योजना सहित संचालन अनुमतिको लागि छिट्टै नियमाक निकाय बीमा समितिमा जाने तयारीमा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]