November 16th, 2016

बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित : यस्तो छ कार्यकारीणी समितिको बनौट

२०७३।०८।०१ मा सम्पन्न नेपाल बैंकर्स संघको ३० औँ वार्षिक साधारणसभाले उपाध्यक्ष अनिल केशरी शाहलाई संघको अध्यक्षमा निर्वाचित गरेको छ । सोही सभाले कार्यकारीणी समितिका सदस्य ज्ञानेन्द्र ढुंगानालाई उपाध्यक्षमा नियुक्त गरेको छ । वर्तमान अध्यक्ष उपेन्द्र पौडेल र शाहको समेत पदावधि सकमप्त भएकाले ती पदहरु रिक्त भएका थिए । संघमा दुई जना उपाध्यक्ष रहने व्यवस्थाअनुसार अर्को उपाध्यक्ष किशोर महर्जनको पदावधि भने बाँकी नै छ । संघको विधानअनुसार, निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल संघको कार्यकारीणी समितिका पदेन समस्य रहनेछन् । सोही सभाले राजनसिंह भण्डारीलाई सल्लाहकारमा नियुक्त गरेको छ । यसअघि भण्डारी निवर्तमान अध्यक्षको हैसियतले समितिमा पदेन सदस्य थिए । 

यी परिवर्तनपछि संघको कार्याकारीणी समितिको बनौट तथा संरचना यस्तो भएको छ । 

१. अनिल केशरी शाह, सीईओ, मेगा बैंक नेपाल लिमिटेड, अध्यक्ष
anil-kesari

२. उपेन्द्र पौडेल, सीईओ, एनएमबी बैंक लिमिटेड, निवर्तमान अध्यक्ष
upendra-poudel-2३. किशोर महर्जन, सीईओ, सिभिल बैंक लिमिटेड, उपाध्यक्ष
kishor-maharjan४. ज्ञानेन्द्र ढुंगाना, सीईओ, नेपाल बंगलादेश बैंक लिमिटेड, उपाध्यक्ष
gyanendra-dhungana५. भुवन दाहाल, सीईओ, सानिमा बैंक लिमिटेड, सदस्य
bhuwan-dahal६. अशोक शेरचन, सीईओ, प्रभु बैंक लिमिटेड, सदस्य
ashok sherchan७. ज्योती प्रकाश पाण्डे, सीईओ, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सदस्य
jyo-ti-pandey८. लिला प्रकाश सिटौला, सीईओ, कृषि विकास बैंक लिमिटेड, सदस्य
lila prakash sitaula९.सुदेश खालिङ, सीईओ, लक्ष्मी बैंक लिमिटेड, सदस्य
sudesh-khaling१०. राजनसिंह भण्डारी, सीईओ, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, सल्लाहकार
rajan-singh-bhandari११. अशोक शमशेर जबरा, सीईओ, हिमालयन बैंक लिमिटेड, सल्लाहकार
ashok rana 1१२. शसिन जोशी, सीईओ, नविल बैंक, सल्लाहकार 

Sashin Joshi


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]